यस-म्यागेजिन अपडेट

आत्मलेखनमा इमानदारी

प्रत्येक जीवन विसंगति बाँच्नु हो ।'यो भनाइ धेरैलाई मन नपर्न सक्छ । तर, जीवनका अनेकन केस्राहरू विसंगतिपूर्ण नै त छन् । स्वीकार्न सक्नु या नसक्नु, फरक त्यतिमात्र ।
जसरी पद्मालक्ष्मी (भारतीय अमेरिकन मोडल) निर्वस्त्र पोखिइन् अक्षरहरूमा, अमृता प्रीतमले बेसर्त प्रेम खोजिरहिन् साहिरले छाडेका चुरोटका ठुटाहरूमा अनि रुसो मानवजन्य चाहना छट्पटाइरहे त्यो निर्जन एकान्तमा र अन्ततः इमानदारी पोखिए आत्मलेखनहरूमा । के ती जीवनका विसंगत पाटाहरू लेखेर आफूलाई नंग्याउन सजिलो होला ?
निश्चय नै गाह्रो छ । त्यसैले आफूलाई बेफिक्री पोख्नसक्नु ठूलो साहस हो ।

फरक समय
आत्मलेखन फस्टाएको छ अहिले नेपालमा, विश्वमा । आफूलाई सकेसम्म इमानदार लेख्ने प्रयत्नमा छन् विदेशी लेखकहरू । महिला र पुरुष दुवै लेखकहरू संकोचको दायरा मिच्ने क्रममा देखिन्छन् । भारतीय अमेरिकन मोडल पद्मा लक्ष्मीले सनसनी फैल्याइदिइन् जब आफ्नो आत्मकथा 'लभ लस एन्ड ह्वाट वी इट'मा लेखिदिइन् एकैपटक दुई पुरुषसँगको डेटिङ र बच्चाको बाबु पत्ता लगाउन प्याटर्निटी टेस्ट गर्नु परेको प्रसंग । त्यो साहस नै हो पद्माको जो धेरैका लागि सायद डायरीमा पनि नलेखिने गोप्य ।
छक्क त त्यो समय भएँ म, जब पढेँ यस्तो प्रसंग, 'पत्रकारहरूले के एकै समय दुई पुरुषसँगको सम्बन्ध इथिकल हो ? भनी प्रश्न तेस्र्याउँदा बिनाहिच्किचाहट भनिदिन्छिन् कि पुरुषहरूले त एकैपटक धेरैसँग सम्बन्ध राखेकै हुन्छन् अनि मैलेचाहिँ किन नहुने ।' इमानदार छ उनको उत्तर । ठीक हो या होइन त्यो फरक विश्लेषण होला तर यति इमानदार पोखिन सक्नु पद्माको साहस हो । सलाम उनको इमानदारीलाई ।
इमानदारी या स्वीकारोक्ति आफैंमा अमूर्त मान्यता हुन् । जाँच्ने मापदण्ड के होला र ? तर त्यही अमूर्तताका बीच पनि लेखकको अन्तरंग प्रसंगचाहिँ पाठकको सरोकार बन्छ कि भन्ने मेरो बुझाइ । आत्मलेखनमा आउने लगभग सबै चर्चित व्यक्तिको सामाजिक जीवन त लभगभ देखिएकै हुन्छ । तर लाइमलाइटभन्दा परको त्यो सेलिबे्रटी जीवन कस्तो होला भन्ने नै विशेष चासो रहन्छ पाठकलाई ।
भारतीय पत्रकार विनोद मेहताको सफलताको गाथा सबैले देखेकै हुन् । 'देबोनायर' म्यागेजिनबाट सुरु भएको उनको पत्रकारिता यात्रा सन्डे 'अब्जर्बर', 'इन्डिपेन्डेन्ट' हुँदै 'आउटलुक'सम्म पुग्यो । तर जब उनले 'लखनउ बोइ'मा खोलिदिन्छन् अन्तरंग कुरा तब तरंगित भइजान्छन् आमपाठक । लन्डनमा पढ्ने क्रमको सम्बन्धमा गर्भवती भएकी स्विस प्रेमिकालाई त्यस बखत बिहे गर्न सकेनन् उनले ।
ती प्रेमिका स्विट्जरल्यान्ड फर्किइन् । सन्तान जन्माइन्, हुर्काइन् तर मेहतालाई त्यो सन्तानको हकदाबी गर्ने मौका कहिल्यै दिइनन् । जीवनको उत्तराद्र्धमा त्यही सन्तानका लागि तड्पिए उनी । आफ्नो सन्तानलाई गरेको बेवास्ताकै कारण अहिले अरू सन्तान नभएका हुन् ग्लानिबोध उनले उल्लेख गरेका छन् 'लखनउ बोइ'मा । यो स्वीकारोक्ति निकै साहसिक हो । विनोद मेहताले त्यो साहसको बाटो छिचोल्ने प्रयत्न गरे आत्मलेखनमा ।
त्यसो त कन्फेसनका पनि आफ्नै चुनौती छन् । त्यो लेखकको बकपत्र नै हो । झन् पुस्तककै रूपमा आएपछि त त्यो आफैँ एउटा प्रमाण भइजान्छ । तहेमिना दुरानीले 'माई फ्युडल लर्ड'मा उल्लेख गरेको उनको लोग्ने मुस्तफा खरको पाशविक व्यवहार (नांगै पारेर कुट्नेलगायतका अनेकन मानसिक यातना), तसलिमा नसरिनको मुस्लिम धर्मप्रतिको कटु आलोचना, अमृता प्रीतमको साहिरसँगको सामीप्य र प्रेमको त्यो उपल्लो प्रसंगका कुरा, या आन्द्रे आगासीका हाइस्कुल पनि छिचोल्न नसकेको प्रसंग या इनगमार वर्गम्यानको आफ्नी श्रीमतीलाई सधैं मानसिक पीडा दिएको आत्मग्लानिबोध सबै कन्फेसनहरू चुनौतीपूर्ण नै लाग्छन् । आफ्ना गल्ती, कमजोरी र भोगाइहरू स्पष्ट उल्लेख गर्दाका अप्ठ्यारा पन्छाउँदै अघि बढिरहेको छ विश्वमा आत्मलेखन समय ।
पछिल्लो समय त अझ उमेरको दायरा पनि मेटिएको छ आत्मलेखनमा । कुनै क्षेत्रमा सफल भएका र अरूका लागि प्रेरणदायी बन्न सक्नेहरूको आत्मकथा प्रशस्तै लेखिँदै छन् । पाकिस्तानी किशोरी मलाला योसुफजाईको 'आई एम मलाला' निकै चर्चित रह्यो । उनले बोल्ने गरेको महिला शिक्षाको अधिकारका कुराले तालिवानको आँखाको तारो बनेका उनी आक्रमणमा परिन् ।
टाउकोमा गोली लागे पनि बाँचेकी उनी कलिलै उमेरमा संसारका लागि एक मोडल भइन् । धेरै किशोरकिशोरीका लागि प्रेरणाको स्रोत पनि । हरेक कुरा निकै छिटो भइरहे झैं लाग्छ उनको जीवनमा । नोबल पुरस्कारजस्तो प्रतिष्ठित पुरस्कारले सम्मानित हुने सबैभन्दा कान्छी नोबल लरेट । अनि उनको आत्मकथा आउनु र चर्चा हुनु स्वाभाविक नै भइगयो ।
सेलिब्रेटी कमेडियन रसेल ब्रान्ड पनि हुन् आइडियल धेरै युवाहरूका । कम उमेरमै सफलताको त्यो शिखर चुम्नु सजिलो छैन । तर, सफलता र पैसाले निम्त्याएका अनेकन अँध्यारा पाटाहरू पनि छन् उनको जीवनमा । उनले आफ्नो अटोबायोग्राफी 'माई बुकी हुक'मा स्पष्ट लेखिदिएका छन् सबै । पपुलारिटीसँगै उनको जीवनको हिस्सा बनेको ड्रग एडिक्सन र त्योभन्दा पनि अझ अनौठो त सेक्स एडिक्सनको प्रसंग जोकोहीले लेख्न आँट गर्नै सक्दैनन् । तर, उनले लामो डिटेलसहित लेख्छन् ती अन्तरंग प्रसंग । लेख्छन्, 'सन् २००५, एप्रिल फुलको बिहान म फिलाडेल्फियाको सेक्सुअल एडिक्सन ट्रिटमेन्ट सेन्टरमा ब्यूँझिए ।'
उनी त्यसबाट छुट्नका खातिर सुधारगृहमै पुगे । उनले आफ्नो त्यही बानीका कारण धेरै महिलालाई गरेको नराम्रो व्यवहारप्रति पनि पश्चात्ताप पोख्छन् । उनको भोगाइ र खराब लतहरूका कारण बेहोरेको मानसिक तनाव र पीडाहरूले उनका फलोअरलाई त्यस्ता कुलतहरूबाट टाढा रहने प्रेरणा दिनसक्छ । रसेलको आत्मलेखनले पश्चिमाहरूको फराकिलो सोचलाई प्रस्ट पारिदिएको छ ।
पछिल्लो समय कलिला सेलिब्रेटीहरू वान डिरेक्सन ब्यान्डदेखि, माइली साइरस या जस्टिन बिबरहरूले पनि आफ्नो अटोबायोग्राफी लेखिसकेका छन् । उमेरभन्दा पनि सफलता र पपुलारिटीले महत्त्व राखेजस्तो देखिन्छ आत्मकथा लेखनमा । त्यतिमात्र नभई विश्वको पछिल्लो ट्रेन हेर्दा कलमजीवीहरू मात्र नभई खेलकुद, राजनीति, सिनेमा, कला, संगीतलगायत धेरै क्षेत्रका प्रख्यात व्यक्तिहरूको आत्मलेखन भइरहेको छ ।
बाराक ओबामा, डोनाल्ड ट्रम्प या स्टिभ जब्स भनूँ या टेनिस क्विन सेरेना विलियम्स नै पनि आफ्ना आत्मकथामा जमिसकेका छन् । साथै उनीहरूको आत्मलेखनमा सफलता, असफलता, आफ्ना कमीकमजोरीहरूको मज्जाको कन्फेसन पाइन्छ ।

संकुचित धर्साहरू
आत्मलेखनको महत्त्वपूर्ण पाटो आत्मस्वीकारोक्ति नै हो । आफ्ना सफलताका गाथा बुन्नु निश्चय नै कन्फेसन हैन । आफ्ना गल्ती, कमीकमजोरी औंल्याउनसक्ने साहस भएपछि मात्रै आत्मलेखनले पूर्णता पाउँछ । तर, नेपालमा अझै धूमिल लाग्छन् आत्मलेखनहरू । पछिल्लो समयमा आएको आत्मकथाहरूमा आत्मप्रशंसा र सफलताका गाथाहरू नै बढी देखिन्छन् । के आत्मरतिकै लागि गर्ने हो आत्मलेखन ?
एउटा पाठकको हिसाबले यी प्रश्नले बारम्बार घोचिरहन्छ । यसै प्रसंगमा लेखक राजेन्द्र पराजुलीले रमेशनाथ पाण्डेको आत्मकथाको प्रसंगमा लेखेका कुरा सान्दर्भिक लाग्छ । उनी लेख्छन्, 'रमेशनाथ पाण्डेको पुस्तक पढिसकेपछि आफू उभिएको जमिनबारे घोत्लिन्छु । तर, यस पुस्तकको कुनै पनि अध्यायले म किन उनीजस्तो हुन सकिनँ भन्ने बोध गराएन । गराउनै सकेन ।'
यो तिक्तता पाण्डेको पुस्तकभरि छरिएको आत्मप्रशंसाले दिएको हुनसक्छ ।
पूर्व सैन्य प्रमुख रुकमांगद कटवालको आत्मकथा उसैगरी आत्मश्लाघाले भरिएको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डको राजीनामाको प्रसंगदेखि एउटा गाउँले ठिटोको संघर्षको पाटो गुमनाम राखी पदोन्नति हँदै आर्मी चिफ हुँदासम्मका सफलताका गाथामात्रै गुथेका छन् । उनको आत्मकथामा न घरपरिवारका कुरा आउँछ न असफलता, पीडा र दुःखको कुनै प्रसंग नै । उनी यति हिरोइक बनाउँछन् आफैंलाई मानौं उनीसँग हरेक समस्याको समाधान छ । यस्तो लाग्छ, कटवालमात्र सफलताका लागि जन्मिएका हुन् ।
पछिल्लो समय निकै चर्चामा रहेको सञ्चारकर्मी विजयकुमार पाण्डेको 'खुसी'ले पनि पाठकलाई उति खुसी पार्न सकेन । पुरस्कार र बिक्रीका किस्साहरू फरक होलान् तर उनको आत्मलेखनमा आउनुपर्ने इमानदारी देखिँदैन । नेपालमा साठीको दशकको मध्यदेखि आत्मकथा लेखनले द्रुत गति लिएको छ । संख्यात्मक रूपमा निकै आत्मकथा लेखिए पनि आत्मलेखनमा हुनुपर्ने आत्मस्वीकारोक्तिका पक्षहरू छन/छैनन् भनी केलाउँदा हाम्रा लेखकहरू खुल्न सकेको देखिन्न ।
पारिजातले भनेकी छन्, 'आत्मसंस्मरण लेख्नु आफैंसँग इमानदार हुनु हो ।' तर, धेरै आत्मकथाकार इमानदार देखिँदैनन् । धेरैजसो लेखकले आफ्नो सफल सार्वजनिक जीवनको आत्मगानलाई नै केन्द्रमा राखेका छन् । तर, एउटा सफल व्यक्तिको सार्वजनिक जीवनबाहेक पनि जीवनमा अनेकन अन्तरंग पक्षहरू हुन्छन् र त्यही कुराहरूको कन्फेस गर्न नसक्नु नै आत्मलेखनको कमजोरी भएको छ ।
हुन त कन्फेसनल आत्मलेखन नभएकै भने पक्का होइन । विश्वेश्वरप्रसाद कोइरालाको आत्मकथा 'आफ्नो कथा'लाई नेपाली आत्मकथा लेखनको एक टर्निङ पोइन्टका रूपमा हेरिन्छ । पारिजातका आत्मसंस्मरणहरू पनि उत्तिकै बोल्ड छन् । पछिल्लो समय लेखिएका आत्मकथाहरूमा झमक घिमिरेको 'जीवन काँडा कि फूल'मा आफ्नो अपांगताका कारण परिवारबाटै भोग्नु परेका यातनाका, अवहेलनाका कुराहरू निश्चय नै इमानदारीपूर्वक लेखिएको छ ।
आनी छोइङ डोल्माको 'फूलको आँखामा'मा उल्लेख भएको एउटा प्रसंग निकै इन्ट्रेस्टिङ र बोल्ड लाग्छ । एउटी आनी जसको जीवन बुद्धको नाममा समर्पित छ, जसले सांसारिक मोहको कुरा सोच्नसम्म पनि पाप हुनसक्छ । तर, आनी भईकन पनि आफूमा उम्रिएको उमेरजन्य चाहना यसरी व्यक्त गरेकी छन्ः
लन्डनमा पढ्ने क्रमको सम्बन्धमा गर्भवती भएकी स्विस प्रेमिकालाई त्यसबखत बिहे गर्न सकेनन् विनोद मेहताले । ती प्रेमिका स्विट्जरल्यान्ड फर्किन् । सन्तान जन्माइन्, हुर्काइन् तर मेहतालाई त्यो सन्तानको हकदाबी गर्ने मौका कहिल्यै दिइनन् ।
'बरु नागी गुम्बामै घुम्न आएका एउटा जवान लामा भेटेको थिएँ, जो असाध्यै सुन्दर थिए । मैले उनीसँग कहिल्यै कुरा गरिनँ तर जबजब हामी एकअर्कालाई हेथ्र्यौं, त्यहाँ थुप्रै भाव आदानप्रदान हुन्थे ।' (पृष्ठ ११५)
सांसारिक मोह त्यागेकी एक आनीको सन्दर्भमा यो भयंकर कन्फेसन हो । त्यस्तै तारा राईले 'छापामार युवतीको डायरी'मा आफू सेनाको कब्जामा रहँदा सेनाले गरेको नराम्रोमात्र हैन राम्रो व्यवहारबारे पनि लेखेर इमानदारी देखाएकी छन् । राजेश्वर देवकोटाको आत्मकथा या डा. शंकरप्रसाद उप्रेतीको 'जीवन एक सपना'मा समेत एक हदसम्मको कन्फेसन भेट्न सकिन्छ ।
केही आत्मलेखनमा इमानदारी देखिए पनि समग्रमा नेपाली आत्मकथा लेखन निकै घुर्मइलो नै लाग्छ । यस्ता अपूराझैं लाग्ने आत्मकथाहरू हामीभित्रकै संकुचित मानसिकताका उपज हुन सक्छन् । वा कन्फेसनलाई सहज स्वीकारिदिन नसक्ने हाम्रै सामाजिक अवस्था, परिस्थिति या सामाजिक मान्यताहरूको उपज परिणाम पनि । दमनराज तुलाधर ले विसं २०३९ मै आफ्ना अन्तरंग कुराहरू उल्लेख गरेर लेखेको आत्मकथा परिवारले नै बजारबाट रातारात जफत गरेर जलाइदिएको प्रसंग बारम्बार चल्ने गर्छ नेपाली साहित्यकारहरूका माझ ।

असहज बाटो
निश्चय नै इमानदारीको बाटो सहज छैन । अक्षरहरूमै सही, आफैंलाई निर्वस्त्र पार्न कैयौंपटक सोच्नैपर्छ । आफ्नो परिवार, समय, समाज, अवस्था सबैसबै । तथापि आत्मकथा भनेको सफलताको गाथामात्रै होइन । न त आत्मप्रशंसाको पुलिन्दा नै । आत्मकथा आत्मालोचना हो । आफ्ना गल्ती कमीकमजोरीलाई एकपटक हेर्न र बिचार्ने मौका पनि हो । आफूले आफैंलाई धिक्कार्ने या स्याबासी दिने प्ल्याटफर्म पनि हो । आत्मलेखनमा नै हो विगतका प्रत्येक पल-क्षणलाई आलोचनात्मक तरिकाले नियाल्ने मौका पाइने पनि ।
आत्मकथा लेख्न बसेका प्रत्येकले आफैं आफूप्रति सबैभन्दा बढी कठोर हुन सक्छु/सक्दिनँ सोच्न जरुरी छ । नत्र त्यो पुस्तक खोक्रो आत्मश्लाघाले भरिएको जिनिसमात्र बन्नसक्छ, जसले एउटा उत्साही पाठकको समय र पैसाको बर्बादी गर्नेछ ।

कुमारी लामा

(अन्नपुर्ण पोस्ट बाट )

Akanshya Rijal (MODEL OF THE WEEK)

 
MODEL OF THE WEEK



Name: Akanshya Rijal


Age: 20

Address: Michigan, USA (Raniban, Kathmandu)

Height: 5'2


Work: Student 

Education: Bachelor in Health Science 

Email: arijal@svsu.edu

She is Interested in Dancing and Social works. She had worked as a social worker in the country.

She is the winner of the "Best Smile Contest" organized by YES MAGAZINE.

Her special photo shoots are ...



पुनम पाण्डेको फेरि अर्काे धमाका

हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन्
एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य 

भाइरल बन्यो कुकुरको घोडसवारी

 
तपाईंले कुकुरको वफादारीका विषयमा त कैयन् किस्साहरु सुन्नुभएकै होला । तर के कहिल्यै कुकुरले घोडसवार गरेको देख्नुभएको छ ?सायद छैन होला । तर अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।

भवन भत्किँदा मुम्बईमा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

 
भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनामा तीन व्यक्तिको मृत्यु भएको छ ।घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ ।

श्रीलंकाको जर्सी देखेर बिराट कोहलीको पारो तातेपछि.

आगामी बुधबारदेखि श्रीलंका र भारतको ती टेष्ट सिरिज सुरु हुँदैछ । यो खेललाई लिएर सामाजिक संजालमा अनेक टिप्पणीहरु भइसकेका छन् । यस्तैमा पछिल्लो समय विराट कोहलीले श्रीलंकाको जर्सीमाथि आफ्नो रिस पाखेको ट्रोल फोटोले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।

अल्ट्रासाउन्ड गर्दा गर्भमा देखियो स्पोर्टस कारको आकृति, दम्पति चकित

 
यहाँ एक पतिले आफ्नी गर्भवती पत्नीलाई स्वास्थ्य परिक्षणको लागि अस्पताल पुगेका थिए । अल्ट्रासाउन्ड गर्दा डक्टरले यस्तो कुरा बताए कि जसले दम्पत्ती चकित भए ।

७४ वर्षकी महिलाले गोरुसँग बिहे गरिन्, कारण यस्तो छ

 

के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ ? यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् ।उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् । उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत सँगै सुताउँछिन् ।कोही महिलाले गोरुसँग बिहे गर्नु दुनियामा कहीँ नभएको कुरा नै हो

गर्भवती भएको थाहै नभइ आमा बनिन् सनी लियोनी

बलिउड अभिनेत्री सनी लियोनी आमा बनेकी छिन् । २०१२ मा बलिउड डेब्यू गरेकी पूर्व पोर्नस्टार सनी केही समयअघि आफू आमा बन्दै गरेको भन्ने खबर सामाजिक संजालमा पोष्ट गरेर चर्चामा थिइन् । उनी गर्भवती भएको कुनै संकेत नै नदेखिएका कारण उनको पोष्टले सनसनी मच्चाएको थियो ।

यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन्

 
दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।कर्मचारीहरुले अफिसभित्र समेत हेलमेट लगाएर काम गर्नुको कारण रोचक छ । उनीहरु हेलमेट प्रेमी भएर त्यसो गरेका होइनन् आफ्नो ज्यान जोगाउन त्यसो गरेका रहेछन् ।