आतङ्कवादको समूह बनाएको आरोपमा ६० पक्राउ

आतङ्कबादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा बुधबार ६० जनालाई पक्राउ गरिएको छ । सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ ।उनीहरूले आउँदो अगस्ट २२ तारिखका दिन आतङ्कवादी समूह खोल्ने तयारी
 गरेको प्रहरीको दाबी रहेको छ ।उनीहरूले आतङ्ककारी समूह बनाउँदै थिए, त्यो समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण भइरहेको थियो,” एक जना सार्वजनिक वकिल अहमाद अल हमादीले बताएका छन् ।सिया नेतृत्वका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा सन् २०११ देखि यता सयौँलाई कारागारमा राखिएको अधिकारीहरूले बताएका छन् ।अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन्

No comments:
Write comments