Pages

नोटरी प्रमाणित र अनुवाद प्रक्रिया (Notary and Translation )

ठगी वा जालसाजी नियन्त्रण गर्न कागजात गर्दा वा बनाउँदा कागजमा हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको पुष्टि गर्नु , कागजातहरूको प्रमाणित र जाँच गर्नु , कागजात अनुवाद गर्नु नै नेपाल नोटरी पब्लिक काउन्सिलको मुख्य जिम्मेवारी हो। नेपालमा नोटरी पब्लिक सम्बन्धी ऐन-२०६३ , २०६३ साल फागुन १ गतेबाट लागूभएको हो ।








त्यसैले निम्न लिखित कार्यहरु आधिकारीक नोटरी पब्लिकका व्यक्तिहरुबाट मात्र गर्नु पर्ने हुन्छ।

  • सक्कल (Original) को नक्कल (Photocopy) दुरुस्त छ भनि जाँच र प्रमाणित गर्न  अर्थात नक्कल प्रमाणीत गर्न 
  • कुनै अन्य भाषामा भएका (जस्तै अंग्रेजी ) लिखत वा कागजातलाई नेपाली भाषामा अनुवाद गर्न वा नेपाली भाषामा भएका लिखतलाई अन्य भाषा (जस्तै अंग्रेजी ) मा अनुवाद गर्न 
  • लिखत (जस्तै सम्झौता, करार, बाचा इत्यादि ) गर्दा लिखतमा हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको पुष्टि / यकिन गर्न 


नोटरी सम्बन्धि कानुन मा के लेखेको छ त ?

नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १९ मा नोटरी पब्लिकले गर्नसक्ने कार्यहरु व्यवस्था गरिएको छ । जसअनुसार नोटरी पब्लिक प्रमाणपत्र लिएका नोटरी पब्लिकहरुले देहायका कार्यहरु गर्न सक्नेछनः


क) कुनै लिखत प्रमाणीकरण गर्न,

ख) एक भाषामा लेखिएको कागजात अर्को भाषामा अनुवाद गर्न, र

ग) कुनै सक्कल कागजातको नक्कल प्रमाणित गर्न ।

तर खण्ड -ख) बमोजिमको अनुवाद सम्बन्धी कार्य केवल अनुवादक नोटरी पब्लिकले मात्र गर्न पाउने छन् ।

प्रत्येक नोटरी पब्लिकहरुको कार्यक्षेत्र -काम गर्ने जिल्ला) नोटरी पब्लिकको प्रमाणपत्रमा नै उल्लेख गरिएको हुन्छ । त्यसैले आफ्नो कार्यक्षेत्र बाहिर गएर कसैले पनि नोटरी पब्लिकको कार्य गर्न हुँदैन ।


नोटरी पब्लिकको प्रमाणपत्र नलिई कसैले पनि नोटरी पब्लिक सम्बन्धी कार्य गर्न हुँदैन ।


नोटरी गर्न कहाँ जाने  त ?

तपाईको शहर नजिकको नोटरी पब्लिकको नामावली वा आधिकारीकता हेर्न तल दिईएको लिङ्कमा जानुहोस। 

अथवा थप जानकारीको लागी नोटरी पब्लिक नेपालमा फोन वा इमेल पनि गर्न सक्नु हुनेछ। 
फोन: ०१-५५५२३५७ इमेल : nepalnotory@gmail.com


कानुनी परामर्श दाता वा जिल्ला अदालत प्रशासनिक शाखा मा गएर नजिक को नोटरी पब्लिक बारे सोधपुछ वा जानकारी लिन सक्नु हुनेछ।



[ धन्यबाद ]


रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...


तयार गरिएको मिती : 10 - Feb - 2020, शाहीक आचार्य


संशोधन गरिएको मिती :


प्रयोग भएका श्रोत हरु :


तपाई नजिकै को नोटरी पब्लिक को नामावली वा आधिकारीकता  हेरौं । 



तपाई नजिकै को अनुवादक नोटरी पब्लिकको नामावली वा आधिकारीकता  हेरौं ।


नोटरी पब्लिक सम्बन्धि आधिकारीक जानकारी हेरौं ।

Recommended Posts × +