Pages

मुद्रा सटही बारे आधारभुत जानकारीहरु ( Basics of Currency Exchange )

तपाई भेटघाट, घुम्न , कामको लागि, व्यापार व्यवशाय को सिलसिलामा, उपचारको लागी वा अध्ययन को लागी नेपाल बाहिर त कतै जादैं हुनु हुन्न ! तपाई ले यस्तो विदेश यात्रा गर्नु पर्दा त्यहाँ तपाई लाई पैसा /मुद्रा (Money Denomination ) को आवस्यकता पर्छ नै।



तपाई ले विदेश यात्रा गर्नु भएको छ भने, यो आवस्यकता जीवन मा महशुस गरी सक्नु भएको छ। यदी अहिले सम्म विदेश यात्रा गर्नु भएको छैन भने र भविष्यमा गर्दै हुनुहुन्छ भने यो जानकारी तपाई लाई भएको राम्रो हुनेछ।


सबै भन्दा पहिले तपाई ले विदेश यात्रा गर्दाको चरण (steps ) बुझ्नु पर्ने हुन्छ। 



१. तपाई सिधै नेपाल बाट तपाइले जान चाहेको देश मा जादै हुनुहुन्छ।

२. वा तपाई सिधै नभई कुनै  देश /ठाउँ मा बिचमा केहि समय रोकिएर तपाइले

जान चाहेको देश मा जादै हुनुहुन्छ। अर्थात् Transit भएर जादैं हुनु हुन्छ।


१ नम्बरको अवस्था मा तपाई ले तपाई पुग्ने मुलुक को पैसा ( Money Denomination ) बोकेर जादाँ हुने भयो।


जस्तो: कतार जादाँ नेपाल बाटै कतारी रियाल बोक्नुहोस । 

          कोरिया जादाँ नेपाल बाटै कोरियन पैसा बोक्नुहोस । 

          अस्ट्रेलिया जादाँ नेपाल बाटै अस्ट्रेलियन डलर बोक्नुहोस । 

         इन्डिया जादाँ नेपाल बाटै इन्डियन पैसा बोक्नुहोस ।  

          र अमेरिका जादाँ नेपाल बाटै अमेरिकन डलर बोक्नुहोस । इत्यादि ।


२ नम्बरको अवस्था मा तपाई ले तपाई पुग्ने मुलुक को पैसा ( Money Denomination ) बोक्नु नै परो र तपाई अलि लामो समय (घण्टा वा दिन ) अर्को बीच को देशमा ट्रान्जिट (Transit ) हुने हो भने साधारण खर्च को लागि त्यो बीच को मुलुक को पैसा (Money Denomination ) पनि चाहिने हुन्छ। 

जस्तो: कतार मा transit हुनु भयो भने कतारी रियाल चाहिने भयो , 
          चीन मा ट्रान्जिट हुनुभयो भने चिनिया युवान चाहिने भयो इत्यादि। 

नोट : देशै पिछे सबै देशको मुद्रा बोकेर हिड्न व्यवहारिक नभएको ले संसार भर प्रयोग मा सजिलै आउने अमेरिकन डलर (American dollar  ) बोकेर हिड्ने गरिन्छ। एक भन्दा धेरै देशको पैसा बोक्नु पर्ने भन्ने झन्झट हुने हुदाँ पनि अमेरिकन डलर नै बोक्ने गरिन्छ। 

अर्थात् माथि को १ को र २ को अवस्था मा पनि अमेरिकन डलर नै बोकेर पनि हिड्ने गरिन्छ। र चाहिएको बेला अमेरिकन डलर लाई तुरुन्त आफुलाई चाहिने मुद्रा ( Denomination )  मा मुद्रा सटही गर्न सकिन्छ।

तपाई ले बुझ्नु भयो कि तपाई ले आफ्नो यात्रा योजना अनुशार मुद्रा सटही (Exchange of currency ) योजना गर्नु पर्ने हुन्छ। 


नेपाल बाट विदेश जादाँ नेपाली मुद्रा बोकेर विदेश जाने कुरो भएन। त्यो पैसालाई नेपाल भित्रै तपाई जाने सम्बन्धित देशको मुद्रा मा वा माथि भनिए जस्तै कम्तिमा अमेरिकन डलर मा मुद्रा सटही गर्ने। 


कहाँ गर्ने ?  

कति गर्ने ?  कति खर्च लाग्छ ? 

सेवा शुल्क कति ? सटही रेट कति ?

कानूनी कुरा के छ ? तपाई लाई लाग्ला मेरै पैसा सटही गर्न पनि कानून ?

आउनुस अब यो प्रश्न हरु बारे छलफल गरौं ?


अचम्म मान्नु भयो ?

अचम्म मान्नु परेन। नेपाली हरुको अर्थतन्त्र सबल बनाउनको लागी  नेपाल सरकारले नेपाल बाट पैसा अनाधिकृत रुपमा विदेश / बाहिर  पैसा नजाओस भन्न को लागी  कामको प्रकृति अनुसार यति सम्म बिदेशी मुद्रा सटही गर्न  पाउने भनेर नियम बनाएको छ।  

तपाई ले झन्झट मान्नु नि भयो होला , यस्तो बेला झन्झट मान्नु भएन बरु असल नागरिक भएर तपाईले आफुलाई देखाउनु पर्छ। किनकी यो कुरा समग्र देशको अर्थतन्त्र सँग सम्बन्धित छ। 


मुद्रा सटही कहाँ गर्ने ?


क ) नेपालका  बैंक हरु खासगरी बाणिज्य बैंकहरु (Commercial banks )

तपाई को नजिकको बैंक मा गएर  यसबारे सोधीखोजी गर्नुहोस।  प्राय बैंकका मुख्य कार्यालयमा, पर्यटकिय स्थल का शाखा कार्यालय हरुमा र सिमाना (Country Border)  छेउ का बैंक का शाखा कार्यालय हरु ले आवस्यकता अनुसार यो सुबिधा दिने गर्दछन।  


ख ) मुद्रा सटही केन्द्र हरु ( Money Exchange Centre )

-  काठमाडौँ को अन्तरास्ट्रिय विमानस्थल  ( Tribhubhan International Airport ) मा रहेको सटही केन्द्र। 

-  धेरै बिदेशी पर्यटक हरु आवतजावत गर्ने पर्यटकीय स्थलहरु नजिकै पनि सटही केन्द्र हरु रहेको छन्।  जस्तै : पुराना नाम चलेका ऐतिहासिक भने पनि हुने सटही केन्द्र हरु काठमाडौँ को ठमेलमा रहेका छन्।

- नेपाल को सिमा नाका वरिपरिका शहर हरु मा पनि सटही केन्द्र हरु रहेका छन्।  जस्तै काकरभिट्टा , बिराटनगर , बिरगंज इत्यादी। 


ग ) ट्राभल र टुअर्स तथा व्यक्तिगत श्रोत हरु 

- ट्राभल,  टुअर्स, ट्रेकिंग एजेन्सी हरुले यस कार्यमा सहयोग गर्ने गर्दछन्।  विदेश बाट भर्खरै आएका हरु ले पनि बिदेशी मुद्रा को परिपूर्ति नेपाली बजार मा गर्ने गर्दछन।  यो भरपर्दो श्रोत भने होइन , तर आपसी चिनजान को आधारमा ठुलो मात्रामा  मुद्रा सटही यस्तो  व्यक्तिगत श्रोत बाट पनि हुने गर्छ।  
( नोट : बैंक र दर्ता भएका सटही केन्द्र हरुले नै बेस्ट मूल्य /रेट दिने गर्दछन्।  अन्य ट्राभल र टुअर्स तथा व्यक्तिगत श्रोत हरु ले दिने  मूल्य / रेट को कानूनी  वैधता बारे तपाई हरु ले नजिकको प्रशाशन संग बुझ्नुहोला।  हामी अबैधानिक र गैर कानूनी कार्य हरूलाई प्रोत्साहन भने गर्दैनोउ ।  यहाँ उल्लेख गर्नु पर्ने कारण चाहीं हाम्रो लेख , अनुशन्धान को बिस्वशनियता को पाटो हो )


कति  खर्च लाग्छ ? 

खर्च लाई दुई भाग मा हेर्न सकिन्छ एउटा सेवा शुल्क र अर्को सटही रेट । तपाई ले सटही गर्ने पैसा  को मात्र धेरै छ भने धेरै र थोरै छ भने थोरै सेवा शुल्क लाग्ने गर्दछ। 

अर्को तपाई ले याद गर्नै पर्ने कुरा चाहिं सबै बैंक र सटही केन्द्र हरुले एकै खालको रेट नदिन सक्छन्। यो कुरा उनीहरुको प्रतिस्पर्धात्मक छमता र प्रक्रिया मा भर पर्छ। 

त्यसैले एक भन्दा बढी बैंक र सटही केन्द्र मा गएर सेवा शुल्क र सटही रेट बुझ्नु होला। 


मुद्रा सटही कहिले गर्ने  ? 

साथै सटही गर्ने कार्य अन्तिम अवस्थामा कहिले नगर्नुहोस।  सके सम्म यात्रा गर्नु भन्दा दुई तीन दिन अघि नै यस्तो काम गरि सक्नु भए राम्रो हुन्छ।  

किनकि अन्तिम अवस्थामा तपाइले खोजे जति पैसा बैंक वा सटही केन्द्र सँग नहुन सक्छ।  जसले तपाई को यात्रामा असर  गर्न सक्छ।  


[ धन्यबाद ] 



रिपोर्ट / लेख बारे विशेष जानकारी

तयार गरिएको मिती : २७ -०९ - २०२० 

लेखक: शाहीक आचार्य


संशोधन गरिएको मिती :

प्रयोग भएका श्रोत हरु :

नेपाल राष्ट्र बैंक को आधिकारिक वेभ साइट यहाँ उपलब्ध छ। 

आजको दिनको वा कुनै अघिल्लो दिनको आधिकारिक सटही दर हेर्न यो लिंक मा जानु होला । 

अन्य जानकारी हरु:

Recommended Posts × +