Pages

मुद्रा सटही र क्रय तथा बिक्रय दर ( Buy, Sell Rate And Currency Exchange)

बिदेशी मुद्रा सटही बारे आधारभुत जानकारीहरु थाहापाई सक्नु भएको भए अब विदेशी मुद्रा सटही गर्दा थाहा पाउनै पर्ने  कुराहरु तपाईले  जान्न आवस्यक छ।  यस अन्तरगत मुद्रा सटही गर्दा का अवस्था हरु हेरुम। 


मुद्रा सटही गर्दा दुइटा अवस्था हुन सक्छन्। 

१. विदेश जानु पर्दा वा विदेश मा पैसा पठाउन नेपाली पैसा लाई बिदेशी पैसा वा डलर मा सटही गर्ने। 


२. विदेश बाट नेपाल आउँदा वा विदेश बाट नेपाल पैसा पठाउन  बिदेशी पैसा वा डलर लाई नेपाली पैसा मा सटही गर्ने।  


नोट : प्राय डलर को सर्व स्वीकार्यता रहेको र विदेश मा डलर कै बढी प्रचलन रहेकोले यहाँ बिदेशी मुद्रा भन्दा खेरी डलर को उदाहरण धेरै पटक दिएका छौं। 





नेपाल बाट विदेश यात्रा गर्दा वा विदेश मा पैसा पठाउन बिदेशी पैसा लिनु पर्ने हुन्छ भने  विदेश बाट नेपाल आउँदा बिदेशी मुद्रा आफु संगै आउने गर्दछ, त्यो मुद्रा लाई नेपाली रुपैयाँ सँग साट्नु पर्ने हुन्छ।  किनकि विदेशी मुद्रा छुटपुट बाहेक नेपाल मा चलन चल्ति मा छैन। 



यसरि बिदेशी मुद्रा लिदाँ खेरी अर्थात नेपाली मुद्रा दिएर बिदेशी मुद्रा लिदाँ  र  बिदेशी मुद्रा दिएर नेपाली मुद्रा लिदाँ खेरी कति नेपाली रुपैया बराबर कति बिदेशी रुपैया हुने भनेर नेपाल राष्ट्र बैंक ले प्रत्येक दिनको लागि सटही दर तोकिदिएको हुन्छ। 


क्रय दर (Buy Rate) र बिक्रय दर (Sell Rate) भनेको के हो 

क्रय दर (Buy Rate) र बिक्रय दर (Sell Rate) बुझ्न लाई  नेपाल राष्ट्र बैंक ले दैनिक रुपमा प्रकाशित गर्ने सटही दर तालीका (  Exchange Rate Table ) लाई हेरौँ। 



उदाहरण को  रुपमा अमेरिकन डलर र नेपाली रुपैयाँ को बारेमा कुरा गरौं। 


Selling Rate (बिक्रय दर ):

यो भन्नाले नेपाल राष्ट्र बैंक ले तोके अनुसार   तपाई बिदेशी मुद्रा जस्तै अमेरिकन डलर लिन बैंक वा सटही काउन्टर जानु भयो भने १ डलर लिन कति नेपाली रुपैया बुझाउनु पर्छ भन्ने रेट हो। 


नेपाल मा अमेरिकन डलर लिन को लागी तपाई ले Sell Rate  (बिक्रय दर ) हेर्नु पर्छ। तपाई ले रु ११४. ५३ बुझाउनु भयो भने १ अमेरिकन डलर पाउनु हुनेछ। 


Buying Rate (क्रय दर ): 

यो भन्नाले तपाई बिदेशी मुद्रा जस्तै अमेरिकन डलर लिएर बैंक वा सटही काउन्टर जानु भयो भने १ डलर बराबर तपाई ले कति नेपाली रुपैंया पाउनु हुन्छ भन्ने रेट हो। तपाई ले विदेश बाट नेपाल पैसा पठाउन Buying Rate (क्रय दर ) हेरेर अनुमान लगाउन पनि सक्नु हुन्छ। 


विदेश बाट १ अमेरिकन  डलर लिएर आउनु भयो भने तपाई ले रु ११३.९३ पाउनु हुन्छ। यो  बेला Buy Rate  (क्रय दर ) हेर्नु पर्छ।


यही कुरा अन्य सबै रुपैयाँ (Currency ) मा लागु हुन्छ।  


नोट: नेपाल राष्ट्र बैंक को हकमा sell rate भन्दा buy rate प्राय कम नै हुने गर्दछ।


नेपाल राष्ट्र बैंक ले तोकेको रेट भन्दा बैंक र सटही केन्द्र को को रेट  किन फरक पर्छ ?

तपाई ले विचार पुर्याउनु पर्ने कुरा चाही के हो भने , बैंक वा सटही काउन्टर जाँदा खेरी उनिहरु को आफ्नै रेट पनि पाउनु हुन्छ। किनकी उनीहरुको संचालन खर्च वा सेवा शुल्क बापत केही रकम लिन को लागी नेपाल राष्ट्र बैंक ले तोकेको रेट भन्दा फरक रेट प्रयोग गर्न सक्छन। 


तपाई ले नेपाल राष्ट्र बैंक ले तोकेको रेट हेरेर बजार मा आज को मिती मा चलेको रेट थाहा पाउनु हुन्छ र तपाई लाई सबै भन्दा फाईदा हुने रेट जसले दिन्छ उसैको मा गएर मुद्रा सटही गर्न जानु नै बुद्दिमान कार्य हुनेछ। 


के सटही दर छिन् छिन् मा परिवर्तन भई रहन्छ ?

हो अन्तरास्ट्रिय बजारमा छिन् छिन् मा सटही दर तल माथि भई रहेको हुन्छ।  त्यो परिवर्तन भई रहने रेट ले नेपाल भित्रको कारोबार लाई अफ्टेरो नपरोश भनेर नेपाल राष्ट्र बैंक ले आजको मिती को लागी भनेर रेट तय गरेको हुन्छ। 


कहिलेकाहीं राष्ट्र बैंकले आजको लागी भनेर बिहानै तोकेको रेट दिउँसो वा मध्यान्न सम्म आईपुग्दा अन्तरास्ट्रिय बजार मा रेट निकै माथी वा तल पुगि सकेको नि हुन्छ।  यस्तो बेला मा सम्बन्धित बैंक ले आफ्नै रेट अपडेट गरी सकेको हुन्छ।  जुन रेट नेपाल राष्ट्र बैंकले आजको मिती को लागी भनेको रेट भन्दा निक्कै फरक पर्न सक्छ। 


यसलाई अन्यथा लिन मिल्दैन।  यहीं कारण ले नेपाल राष्ट्र बैंक ले तोकेको रेट भन्दा बैंक र सटही केन्द्र को को रेट फरक पर्छ। 



[ धन्यबाद ] 

रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...


तयार गरिएको मिती : 10 - Feb - 2020, 

लेखक: शाहीक आचार्य

संशोधन गरिएको मिती :


प्रयोग भएका श्रोत हरु :

Figure is presented from NRB website, Dated 10 - Feb - 2020 


नेपाल राष्ट्र बैंक को आधिकारिक वेभ साइट यहाँ उपलब्ध छ। 


आजको दिनको वा कुनै अघिल्लो दिनको आधिकारिक सटही दर हेर्न यो लिंक मा जानु होला । 

https://www.nrb.org.np/forex


अन्य जानकारी हरु

Recommended Posts × +