Pages

शैक्षिक ऋण बारे आधारभुत जानकारी हरु ( Basics of Education Loan in Nepal)

विदेशका ठूला विश्वविद्यालयहरूमा अध्ययन गर्न महँगो हुन सक्छ। पहिलो उपाय भनेको तपाईंले छात्रवृत्तिको लागि आवेदन दिनु नै हो। यदि तपाईं छात्रवृत्तिको लागि योग्य हुनुहुन्न भने दोस्रो विकल्प भनेको बैंक ऋण हुनसक्छ। शैक्षिक ऋणले राम्रो विदेशी विश्वविद्यालयमा तपाइँको पढ्ने सपना लाई साकार बनाउछ। शैक्षिक ऋणले तपाइलाई निश्चित रकम लगानी गरिदिन्छ। यसरी तपाइको तात्कालिन वित्तिय आवश्यकता पुरा गर्न सहयोग गर्दछ। तपाई ले बैंकको ऋण लाई स-सानो किस्ता मार्फत एउटा निश्चित अवधी भित्र तिर्न सक्नु हुनेछ।


 





शैक्षिक बैंक ऋण (Loan ) ले निम्न कुरा हरु ओगटेको हुन्छ। 
  • कलेज र विश्व विद्यालय को शुल्क
  • परीक्षा / पुस्तकालय / प्रयोगशाला शुल्क
  • कापि, पुस्तकहरूको खर्च, उपकरण आदि
  • जिवन जिउन र बस्न लाग्ने खर्च
  • विविध फिर्ता हुने र नहुने डिपोजिट रकम हरु
  • पाठ्यक्रम पूरा गर्न आवश्यक कुनै पनि अन्य खर्चहरू जस्तै अध्ययन भ्रमण, परियोजना कार्य आदि।


सबै बैंकहरूको ऋण चुक्ता र शैक्षिक ऋणका लागि फरक फरक मापदण्ड र सर्तहरू हुन्छन्। शैक्षिक ऋण प्राप्त गर्नका लागि केही विशिष्ट मापदण्डहरु पनि  छन्। केही साझा र आधारभूत आवश्यकताहरू मापदण्डहरु यसप्रकार छन् । 


योग्यता:

बैंक ऋण लिनको लागि विद्यार्थी नेपाली नागरिक हुनुपर्दछ र व्यावसायिक / प्राविधिक पाठ्यक्रमको लागि विदेशमा मान्यता प्राप्त कलेज, विश्वविद्यालय संस्थाबाट पाएको प्रवेश पत्र (Admission Letter / offer letter) हुनु पर्दछ। प्राय उमेर भने १६ देखि ३५ वर्ष बीचको हुनुपर्दछ।


चाहिने कागजातहरु:

प्रत्येक बैंकसँग चाहिने कागजातहरूको सूची(List) हुन्छ। तर सामान्यमा निम्न उल्लेखित कागजातहरु प्राय अनिवार्य हुन्छन्। 


आधारभूत कागजातहरू (Basics Documents)

बिध्यार्थी को पुरा परिचय खुल्ने कागजातहरु, उसका शैक्षिक योग्यताहरु, बिदेशी बिद्यालयमा अध्ययनका लागी जानु पर्ने प्रमाणहरु  पर्दछ। 


  • स्कुल (S.L.C. ) र कक्षा ११/ १२ देखी तपाई ले प्राप्त गरेको अन्तिम शैक्षिक योग्यताका चरित्र (Character) प्रमाणपत्र र मार्कसिटहरु (Mark sheet) 
  • Admission Letter वा offer letter (प्रवेश भएको) प्रमाण

  • छात्रवृत्ति पाएको भए त्यो पाएको कुनै पत्र।

  • पाठ्यक्रमको समयमा तालिकाबद्ध खर्चको विवरण।

  • दुई पासपोर्ट साइज फोटोहरूनागरिकता वा Proof of Residence को प्रमाण ।



विशिष्ट कागजात (Specific Documents)

यस अन्तर्गत बैंक ले लगानी गर्ने रकम को सुरक्ष्या र लगानी रकम ब्याज सहित उठ्ने ग्यारेन्टी हुने कुरा हरु पर्दछ। यो बैंक को प्रशासनिक अभ्यास र देश को शैक्षिक ऋणको प्राथमिकीकरण सँग सम्बन्धित हुन्छ। 


प्राय विदेश तिर शैक्षिक ऋण दिदाँ विद्यार्थी आफैं ले पढाई सकेर कमाउन थाले पछि त्यो ऋण ब्याज सहित निश्चित अवधि भरि तिर्ने अभ्यास रही आएको छ। तर नेपालमा भने शैक्षिक ऋण लिई सके पछि तुरुन्तै तिर्न शुरु गर्नु पर्ने हुन्छ। बिद्यार्थी ले पढाई अवधि भर ऋण तिर्न प्राय सम्भव नहुने कारण ले बिध्यार्थिको अभिभावक लाई ग्यारेन्टी को रुपमा राखिन्छ। 


यहाँ अभिभावक लाई ग्यारेन्टी को रुपमा राख्नुको अर्थ ऋण को सुरक्ष्या सँग सम्बन्धित छ। 


पहिलो बैंकको ऋणको किस्ता रकम तिर्न लाई अभिभावक को आम्दानी लाई हेरिन्छ, जम्मा आम्दानीमा अभिभावकको व्यक्तिगत वा पारिवारिक खर्च कटाएर बाँकी रहेको रकमले बैंकको ऋणको किस्ता रकम तिर्न पुग्छ पुग्दैन हेर्नु भन्ने हो । 


दोस्रो अभिभावक ले ऋण ब्याज सहित तिर्न सकेन भने अभिभावकको सम्पति बाट असुल उपर गर्न सकिने नसकिने भन्ने कुराको निर्धारण गर्नु पनि हो । 


निम्न कागजात हरू अनिवार्य शर्त हरु हुन् 


१. आयको प्रमाणहरु 

नियमित र अनियमित आय का श्रोत हरु, सक्रिय र निष्क्रिय आय (Active & Passive Income) का प्रमाण हरु 


२. सम्पत्ति (जमानत वा धितो) को प्रमाणहरु अन्य ऋण र दायित्व भए त्यसको नि प्रमाणहरु 

यहाँ सम्पति भन्नाले १००% जमानत वा कुनै पनि हस्तान्तरण योग्य सम्पति भन्ने बुझ्नु पर्दछ। जस्तै जग्गा , घर , सेअर प्रमाणपत्र इत्यादि 


अन्य आपसी सहमतिहरु :

 ऋण को ब्याजको निर्धारण , ऋण भुक्तानी अवधि , ऋण भुक्तानी प्रकृया , ऋण चुक्ता अवधि र प्रक्रिया को सन्दर्भ मा आपसी करार (Contract ) हुने गर्दछ। 




[ धन्यबाद ]


रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...


तयार गरिएको मिती : 10 - Feb - 2020, शाहीक आचार्य


संशोधन गरिएको मिती :

प्रयोग भएका श्रोत हरु :


Recommended Posts × +