Pages

यात्रुका निजी प्रयोगका मालबस्तु सम्बन्धी भन्सार महसुल (Airport custom rule for personal goods of the passengers)

नेपाल सरकार अर्थ मन्त्रालयको निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचना नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आपूmसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आपूm आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०७३ साल श्रावण १ गतेदेखि लागू हुने गरी देहाय बमोजिमको “निजी गुण्टा, झिटी भारी” सम्बन्धी यो सूचना प्रकाशित गरेको छ ।





नेपाली यात्रुका लागि  


१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः 

(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क) लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,

(ख) औषधि उपचार गराई फर्केका विरामीले ल्याएका औषधी,

(ग) शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,

(घ) सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया,

(ङ) ट्यावलेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक एक थान,

(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,

(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।

(ज) सात किलोग्रामसम्म खाद्य परिकार ।

(झ) मदिरा एक लिटरसम्मको बोतल एक ।

(२) यात्रुले उपदफा (१) को खण्ड (घ) र (झ) मा उल्लिखित सामान बाहेक सो उपदफामा उल्लिखित अन्य सामान बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडि दिन सक्नेछ ।


२. क्रु मेम्बरका सम्वन्धमाः 

उडानमा गएका वायु सेवाका क्रु मेम्बरले आफ्नो प्रयोगमा ल्याएका निजी सामान बाहेक कुनै पनि सामान ल्याउन पाउने छैन । ल्याएमा जफत हुनेछ ।


३. बिदेश जाने नेपाली यात्रुका सम्बन्धमाः 

(१) यात्रुले विदेश जाँदा आफ्नो प्रयोगका लागि दफा १ को उपदफा (१) बमोजिमका सामान सबै वा कुनै सामान लैजान पाउनेछ । यस्तो सामानमा भन्सार महसुल छुट हुनेछ ।

(२) नेपाली नागरिक विदेश जाँदा सौगातको रुपमा नेपालमा उत्पादन भएका पचास हजार रुपैंया मूल्यसम्मका मालसामान (मनाही वा नियन्त्रित मालसामान बाहेक) कुनै महसुल नलगाई लैजान दिइनेछ । तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा नम्वर भएको बीजक पेश गरेमा यस उपदफा वमोजिमको मूल्यको सीमा वन्देज लागू हुने छैन ।

(३) एयरलाइन्सले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका सामानहरु (मनाही वा नियन्त्रित सामान बाहेक) लैजान चाहेमा तोकिएको कागजातहरु पेश गरी तोकिए बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछ । यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक पर्ने छैन ।


४. सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिले सुविधा नपाउनेः 

(१) सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर एकसय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका मालसामान साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिइ छाड्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको वा ल्याएको ट्यावलेट वा ल्यापटप वा कम्प्यूटरमध्ये कुनै एक थानमा महसुल लाग्नेछैन ।


५. गैर आवासीय नेपाली यात्रुको हकमा लागू हुनेः– 

गैर आवासीय नेपाली यात्रुको हकमा दफा १ को उपदफा (१), (२) र (३) तथा दफा ३ को व्यवस्था लागू हुनेछ । त्यस्तो व्यक्तिले आपूm गैर आवासीय नेपाली भएको प्रमाण पेश गर्नु पर्नेछ । 


[ धन्यबाद ]



रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...


तयार गरिएको मिती : 10 - Feb - 2020, शाहीक आचार्य

संशोधन गरिएको मिती :

प्रयोग भएका श्रोत हरु :

निजी गुण्टा, झिटी भारी” सम्बन्धी  सम्पूर्ण जानकारी को लागि यहाँ जानुहोस


अन्य आधिकारीक जानकारी को लागी

Recommended Posts × +