Pages

बिदेश अध्ययनको लागी चाहिने कागजातहरु (Documents required for abroad study)

बिदेशमा अध्ययनको लागी कुन-कुन प्रमाणपत्र वा कागजातहरु चाहिन्छ भन्ने कुरा देश, कलेज, विश्व विद्यालय र विषय अनुसार फरक पर्ने हुन्छ नै। आवस्यकता अनुसार तपाईंको लागी ठिक कागजातहरूको छनौट र सहायक कागजातहरु तयार गर्ने काम योग्य र व्यवशायिक व्यक्तिहरुले मात्र गर्न सक्छन् । यो कुरा महत्वपुर्ण हुन्छ किनकी कलेज वा विश्व-विद्यालयलाई तपाईको बारेमा बढी भन्दा बढी जानकारी दिने काम सो कागजातहरुले नै गर्ने गर्दछन्।


समग्रमा तपाई लाई विदेशी कलेज र विश्व-विद्यालयमा जाने योजना बनाउदा नै निम्न उल्लेखित प्रमाणपत्र र कागजातहरु को आवस्यकता पर्ने गर्दछ।






१. सबै शैक्षिक प्रमाणपत्रहरू

S.L.C., ११/१२, Diploma, Bachelor वा Master का प्रमाणपत्रहरू, खास गरेर Character Certificate, Marksheet र अन्य सहयोगी प्रमाणपत्र जस्तै Provisional, Migration इत्यादि ।


२. व्यावसायिक प्रमाण पत्रहरु

कुनै पनि व्यावसायिक प्रशिक्षणहरुलिएको भए सोको प्रमाणपत्र हरु


३. सफलता र उपलब्धिहरूको प्रमाणहरु

तपाईंको प्रतिभा र तपाईंले गर्नुभएका अतिरिक्त कार्यहरूबारे जानकारी अन्य थप कागजातले गर्दछ। कुनै पनि सफलता र उपलब्धिहरूको प्रमाणहरु प्रस्तुत गर्नुहोस्


४. अनुभवका कागजातहरु

यदि तपाईंले पढाई सँग संगै कुनै काम गर्नु भएको भए अनुभवका कागजातहरु पेश गर्न सक्नु हुनेछ। यस्तै पढाई सकेर अर्थात् एउटा लेभल बाट अर्को लेभल विच केहि समय फरक भए' सो फरक समय विचको अनुभवका कागजातहरु पेस गर्नु पर्दछ।


5. अंग्रेजी भाषाको परीक्षा (Exam) स्कोर

अंग्रेजी भाषा पहिलो भाषा नहुनेका लागी यो एउटा महत्वपूर्ण कागजात हो। सामान्यतया, अंग्रेजी भाषाको कि त TOEFL वा IELTS स्कोरहरू चाहिन्छ तपाईको प्रवेशका लागि।


6. उद्देश्यको बयान (Statement of purpose)

यस लिखित कागजातले तपाई को हो, तपाईलाई क्यारियरको मार्ग रोज्नुको कारण, तपाईले किन त्यो विशेष विश्वविद्यालयको लागि रोज्नु भयो, तपाईले पाठ्यक्रम, रुचि र अन्य व्यक्तिगत विवरणहरू पछि के गर्ने योजना गरिरहनु भएको छ भनेर संकेत गर्ने छ। राम्रोसँग लिखित, राम्रो आकारको Statement Of Purpose विश्वविद्यालयमा तपाईंको मार्गको लागि महत्वपूर्ण हुनेछ। तपाईं SOP बुझाउनु अघि यती धेरै समय लिनुहोस्।


७. Resume / Biodata  बनाउनु होस् 

तपाई लाई ब्याख्या गर्ने खालको Resume तयार गर्नुहोस्।  अधिकतम दुई पृष्ठ लामो Resume/Biodata  पेस गर्नु होस् ।


८. Recommend Letter (सिफारिस पत्र)

तपाई को बारेमा तपाईको शैक्षिक संस्था र तपाईले काम गर्ने संस्थाले के सोच्छन् भनेर जान्नु अरुको लागी महत्वपुर्ण हुन सक्छ।  यसको लागि ति संस्थाहरु बाट सिफारिस पत्र तयार बनाउनुहोस।  


९. वित्तीय,प्राविधिक र कानूनी कागजातहरु 

 यो संगै आवश्यकता अनुसार वित्तीय,प्राविधिक र कानूनी कागजातहरु पनि बनाएर राख्नु पर्ने हुन सक्छ।  यसको लागी व्यवशायिक व्यक्ति संग सम्पर्क गर्न सक्नुहुन्छ। 


[ धन्यबाद ] 


रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...

तयार गरिएको मिती : 10 - Feb - 2020,


लेखक: शाहीक आचार्य

संशोधन गरिएको मिती :

प्रयोग भएका श्रोत हरु :

Recommended Posts × +