Pages

नो अब्जेक्सन लेटर र उपयोगिता (No Objection Letter and Uses)

नेपालमा विद्यार्थीहरूले अध्ययनको लागि विदेश जानु अघि शिक्षा मन्त्रालयले जारी गरेको No Objection Certificate/Letter प्राप्त गर्नु पर्ने हुन्छ । शिक्षा मन्त्रालय द्वारा जारी गरिएको NOC को अर्थ उल्लेखित देश, संस्था , बिषय र पाठ्यक्रम मा सम्बन्धित व्यक्ति अध्ययन गर्न चाहेमा मन्त्रालयको कुनै आपत्ति छैन भन्ने आशयको पत्र हो ।

No Objection Letter / Certificate को २ वटा उपयोगिता रहेको पाइन्छ । 


१. कानुनत: विदेश पढ्न जान नेपालका नागरिक हरुले अनुमति लिएको हुनु पर्छ। यो अध्ययन स्वीकृति लिएको सिफारिस पत्र हो। 


२. विदेशी शैक्षिक संस्थालाई आवेदन / ट्यूशन शुल्क तिर्न बैंकमा एनओसी बुझाउनु पर्छ। NOC (No Objection Certificate) भए पछि मात्र विदेश मा पैसा  पठाउन सकिन्छ। नत्र नेपालको कानुन ले देश भित्र बाट विदेश पैसा बाहिरिन दिदैन । 





तपाईले विदेशी शैक्षिक संस्थामा अध्ययनको लागि  अमेरिकन डलर वा शैक्षिक संस्था भएको सो देश को मुद्रा मा पैसा तिर्नु पर्ने हुन्छ ।  त्यसको लागी नेपाली पैसा लाई बिदेशी पैसा मा सटही गर्नु पर्ने हुन्छ। र बिदेशी पैसा तपाइँको विदेशी कलेज वा विश्वविद्यालय को खाता मा हस्तान्तरण गर्नु पर्छ। 


यो प्रकृयाको लागी NOC आवश्यक पर्दछ।  NOC (No Objection Certificate) बैंकमा एनओसी बुझाउनु पर्छ।  र मात्र  बैंक ले सटही गरिदिने र विदेश मा पैशा पठाउने  गरिदिन्छ ।


प्रक्रिया के छ  त ?  

अध्ययन स्वीकृति (No Objection Letter) तथा विदेशी मुद्रा सटही सुविधा सिफारिस पत्र प्राप्त गर्न निम्नअनुसारका कागजातहरूको सक्कल (Original) सहित एक एक प्रति प्रतिलिपि (Photocopy) पेस गर्नुपर्नेछ । सक्कल (Original) नभएको अवस्थामा नोटरी पब्लिक (Notary Public) बाट रीतपूर्वक प्रमाणित (Notarized) गरिएका कागजातहरू पेस गर्न सकिनेछ ।


आवश्यक कागजातहरूः
  • विद्यार्थीको नेपाली नागरिकताको प्रमाणपत्र
  • जुन तह (Level) अध्ययन गर्न जाने हो, सोभन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट (Transcript) वा उत्तीर्ण प्रमाणपत्र (Pass Certificate) वा उपाधिको प्रमाणपत्र (Degree awarded Certificate) 
  • MBBS/BDS/Nursing वा सो सरहको तह / विषय अध्ययन गर्न जानका लागि नेपाल मेडिकल काउन्सिलको Eligibility Certificate  
  • विदेशी अध्ययन संस्थाबाट उत्तीर्ण हुनेका हकमा Transcript का अतिरिक्त Pass Certificate, Degree awarded Certificate, Provisional Certificate, Migration Certificate 
  • अभिभावकले निवेदन दिने भएमा अभिभावकको नागरिकताको प्रमाणपत्र। अभिभावक भन्नाले एका परिवारका हजुरबा, हजुरआमा, बाबुआमा, पति पत्नी, दाजुभाइ, दिदीबहिनीलाई जनाउँछ 
  • शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा नाम, थर फरक भएमा नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालयले निज एउटै व्यक्ति हो भनी प्रमाणित गरिदिएको सिफारिस पत्र 
  • विवाहका कारण थर फरक भएमा विवाह दर्ता प्रमाणपत्र   


पत्र प्राप्त गर्ने प्रक्रिया

एकभन्दा बढी विषय (Subject), तह (Level) र अध्ययन संस्था (Institute/College/University) का लागि अध्ययन स्वीकृतिपत्र बनाउन चाहने विद्यार्थीहरूले प्रत्येक विषय, तह, अध्ययन संस्थाका लागि छुट्टाछुट्टै आवेदन फाराम भरी राजस्व समेत छुट्टाछुट्टै बुझाउनुपर्नेछ ।

आवेदन फाराम (Application Form) भर्ने क्रममा नाम भर्दा शैक्षिक प्रमाणपत्रका आधारमा, ठेगाना र बाबु वा आमाको नाम भर्दा नागरिकताको प्रमाणपत्रका आधारमा, अध्ययन गर्न स्वीकृति पत्र मागेको विषय (Required Subject) भर्दा एक तह मुनिको योग्यताका आधारमा, अध्ययन गर्ने तह (Required Level of Study) भर्दा एक तह मुनिको उपाधिका आधारमा, अध्ययन गर्ने संस्था (College/Institute/University) भर्दा Offer letter/Acceptance Letter/ I-20 का आधारमा आवेदन फाराम भर्नुहोला ।

१) आवेदन फाराम वितरण (Application Form Distribution)                  २(१) नं. झ्याल

२) फाराम रुजु गराउने (Application Form‌+ Document Verification)       २(२) नं. झ्याल

३) राजस्व बापत रू.२०००।- बुझाउने (Revenue Deposit)                         १ नं. झ्याल

४) आवेदन फाराम दर्ता गराउने (Application Registration)                     ३ नं. झ्याल

५) पत्र वितरण/बुझिलिने (No Objection Letter Distribution)                 ६ नं. झ्याल

कृपया आफ्नो पत्र (No Objection Letter) आफूले भरेको आवेदन फाराम (Application Form) अनुसार छ छैन हेरेर मात्र बुझिलिनु होला र उक्त पत्रमा रहेको व्यहोरा सच्याउनुपर्ने भए पत्र बुझिलिएको दिनमा मात्र सच्याउन पाइनेछ ।


नोट :

MD/MS/MDS वा सो सरहको तह / विषय अध्ययन गर्न विदेश जानका लागि

- MD/MS/MDS वा सो सरहको तह / विषय अध्ययन गर्न विदेश जानका लागि नेपाल मेडिकल काउन्सिलको Eligibility Certificate, Medical Council Registration Certificate र Internship Completion Certificate

- विदेशमा MD/MS/MDS वा सो सरहको प्रवेश परीक्षा (Entrance Examination) मा सहभागि हुन चाहने विद्यार्थीले, नेपाल मेडिकल काउन्सिलबाट एक वर्षको इन्टर्नसीप पूरा गरिसकेको प्रमाणपत्र र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरी पाएको अस्थाई प्रमाणपत्र


तोकिएको समयः

आइतबारदेखि बिहीबारसम्म १२:०० बजेसम्म मात्र आवेदन फाराम दर्ता गरिनेछ । शुक्रबार ११:३० बजेसम्म मात्र आवेदन फाराम दर्ता गरिनेछ ।तोकिएको समयभित्र दर्ता गरिएका र तोकिएका कागजातहरू पूरा भएका आवेदनको No Objection Letter सोही दिन वितरण गरिनेछ ।


कहाँ जानु पर्ने हो ?

शिक्षा मन्त्रालय , छात्रवृति शाखा

केशर महल, काठमान्डू (गार्डेन अफ ड्रिम, ठमेल नजिक)

फोन : ०१४४१८१६९

वेभ-साइट: www.moe.gov.np

इ -मेल : info@moe.gov.np


[ धन्यबाद ]


रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...

तयार गरिएको मिती : 10 - Feb - 2020, 

लेखक:शाहीक आचार्य

संशोधन गरिएको मिती : 27-09-2020, शाहीक आचार्य


प्रयोग भएका श्रोत हरु :


आधिकारिक वेभ साइट:

Application Firm यहाँ बाट Download गर्न सक्नु हुनेछ।

Recommended Posts × +