Pages

कन्सुलर सेवा बिभाग र प्रमाणीकरण ( Consular Services Nepal)

नेपाल सरकारको सम्बन्धित अधिकारीहरु द्वारा जारी शैक्षिक प्रमाणपत्र र अन्य आधिकारिक कागजातहरु को कन्सुलर प्रमाणीकरण कन्सुलर सेवा विभागले प्रमाणित गर्नुपर्नेछ।

विदेशमा नेपाली नागरिकहरुको बढदो संख्या, नेपालमा वढेको विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाको संख्या आदिका कारणले सेवा सुविधामा सहजता दिनका लागि कन्सुलर सेवा बिभागको परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको हो । कन्सुलर सेवा बिभागका प्रमुख कार्य हरु :







कागजात प्रमाणीकरण

विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरणको कार्य


कन्सुलर तथा कानूनी परामर्श  र  कूटनैतिक उन्मुक्ति तथा सुविधा

विदेशमा विभिन्न पेशा ब्यबसाय गरी वसेका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा वीमा रकम कानूनी हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेका नेपालीहरुको उद्धार, मृत्यु भएका को शब नेपाल झिकाउने जस्ताकार्यहरु सम्पादन गर्नका लागि विदेश स्थित नेपाली नियोगहरु संग आवश्यक समन्वय गर्ने कार्य । नेपाल सरकारको निर्णय वमोजिम सरकारी मनोनयनमा भिसा सिफारिश वैदेशिक तालिम, सेमिनार, सम्मेलन, गोष्ठीमा भाग लिनजान सरकारी पदाधिकारी तथा कर्मचारीहरूको लागि नेपाल स्थित विदेशी नियोगहरुमा भिसाको सिफारिस गर्ने कार्य


विदेशी कुटनीतिक नियोगका पदाधिकारीको लागि भिसा तथा परिचय पत्र जारी

नेपाल स्थित विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत विदेशीहरुलाई नेपाली कुटनीतिक र अफिसियल भिसा जारी गर्ने, निशुल्क (Gratis) भिसकोलागि सिफारिस गर्ने तथा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने, त्यस्ता नियोग तथा संघ संस्था र सोमा कार्यरत पदाधिकारीहरुले प्रयोग गर्ने गाडी तथा समानको आयातमा भन्सार महसुल छुटको सिफारिस जस्ता कार्य


कहाँ अवस्थित छ ?

नेपाल सरकार

परराष्ट्र मन्त्रालय

कन्सुलर सेवा विभाग

नारायणहिटी, काठमाडौं, नेपाल

फोन नम्बर : +977-1-4260121, 4249521, 4249636, 4260108

(लेखा शाखा: +977-1-4249336)

फ्याक्स नम्बर : +977-1-4260114

इमेल तथा एक्सटेन्सन नं

सि. नंसेवा इकाईहरुएक्सटेन्सन नंइमेल
कन्सुलर तथा कानूनी परामर्श109/105legal@mofa.gov.np
कागजात प्रमाणीकरण107/101attestation@mofa.gov.np
कूटनैतिक उन्मूक्ति तथा सुविधा104exemption@mofa.gov.np
भिसा सिफारिस108visarecommendation@mofa.gov.np
प्रशासन114consularadmin@mofa.gov.np
लेखा शाखा111account@nepalconsular.gov.np


प्रमाणिकरणको लागि कार्यालय खुल्ने समय

महिनाआइतबार देखि विहीबारशुक्रबार
माघ १६ गते देखि कार्तिक १५ गते सम्म१०:०० बजे देखि ४:०० बजे सम्म१०:०० बजे देखि ३:०० बजे सम्म
कार्तिक १६ गते देखि माघ १५ गते सम्म१०:०० बजे देखि ३:०० बजे सम्म१०:०० बजे देखि २:०० बजे सम्म


[ धन्यबाद ]


रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...

तयार गरिएको मिती : 10 - Feb - 2020, शाहीक आचार्य


संशोधन गरिएको मिती :


प्रयोग भएका श्रोत हरु :

कन्सुलर कागजात प्रमाणीकरण गर्ने प्रक्रिया को लागि यहाँ जानुहोस


अन्य आधिकारीक जानकारी को लागी

Recommended Posts × +