Pages

पुलिस रिपोर्ट र आवेदन ( Nepal Police Report )

पुलिस रिपोर्ट व्यक्ति विशेसको अवैध वा सम्भावित अवैध घटनाहरुको अभिलेख हो । पुलिस रिपोर्ट बनाउँदा पुलिस विभाग ले अदालती रिपोर्ट र अन्य सम्बन्धित प्रशासनिक एकाईहरु सँग समन्वय गर्ने गर्दछ । पुलिस रिपोर्ट लाई "घटना रिपोर्ट" को रूपमा पनि लिईन्छ ।



विभिन्न प्रयोजनको लागी तपाई हामी लाई पूलिस रिपोर्ट को आवश्यकता पर्दछ। पूलिस रिपोर्ट लाई देश विदेश अनुशार फरक फरक नामले चिनिन्छ। यसलाई कतै पूलिस रिपोर्ट कतै चारीत्रिक प्रमाणपत्र कतै घटना रिपोर्ट इत्यादि भनेर चिनिन्छ। कामको लागी आवेदन दिंदा होस् वा पढ्न को लागी विदेश जाँदा वा अन्य कुनै भिजा आवेदन दिंदा पूलिस रिपोर्ट को आवस्यकता हुने गर्दछ।







पुलिस रिपोर्ट बनाउन चाहिने कागजात हरु 


हालसालै (६ महिना भित्र) खिचिएको  पास पोर्ट साइजको फोटो।


नागरिकताको प्रमाण पत्र। १८ बर्ष मुनिका लाइ नाबालिक प्रमाण पत्र।  


तपाइको स्थायी ठेगाना र हालैको ठेगाना को बिवरण।  बसाई सराई गरेको भए त्यसको प्रमाण पत्र। 


जीवन साथी संगै आवेदन दिंदा 


विवाह को प्रमाणपत्र। 


बैदेशिक प्रयोजनको लागी भएमा 


पासपोर्ट (राहदानी) को कागजात। (पासपोर्टको २, ३ र ३१ नम्बर पेज )


विदेस बाट आवेदन दिंदा


आवेदक को प्रस्थान कागजात (पासपोर्टमा Departure stamp लागेको पेज )


 

पुलिस रिपोर्टको आवेदन दिने प्रक्रिया 


तलको लिंक मा जाने 

https://opcr.nepalpolice.gov.np/#/login

Registration प्रक्रिया गर्ने 

यसको लागी Email र mobile number सहित register गर्ने

Email कन्फरमेसन र भेरिफिकेसन गर्ने

नयाँ पासवर्ड (Password change) राख्ने


Application प्रक्रिया गर्ने

यस अन्तर्गत आफ्नो सम्पुर्ण विवरणहरु सही तरीका ले भर्नुहोस्। नाम, ठेगाना जस्ता महत्वपुर्ण विवरणहरु कागजात मा भए अनुसार भर्नुहोस् र माथी भनिएका कागजातहरु पालैपालो आवश्यकता अनुसार अपलोड गर्दै जानुहोस। स्व - घोषणा गर्ने विवरणहरु पनि सही तरीका ले भर्नुहोस्।


Submit गर्ने

आफुले भरेका विवरणहरु ठिक भए नभएको पुष्टि गर्नुहोस् र submit गर्नुहोस्। प्रगती विवरण हेर्न को लागि Email र पासवर्ड को सहायताले login गरेर हेर्न सकिन्छ। केही कारण ले Reject भएमा विवरणहरु सच्याएर Re-Apply मा गएर फेरी आवेदन दिन सकिन्छ। 



[ धन्यबाद ] 

रिपोर्ट / लेख बारे विशेष जानकारी ... ...

तयार गरिएको मिती : 12 - Oct - 2020, 

लेखक: शाहीक आचार्य

संशोधन गरिएको मिती :

प्रयोग भएका श्रोत हरु :

नेपाल पुलिसको आधिकारिक वेभ साइट यहाँ उपलब्ध छ। 
https://opcr.nepalpolice.gov.np/#/login

Recommended Posts × +